नयाँ वर्षमा पार्टी गर्ने फुटबल खेलाडी गिरफ्तार
काठमाडौं । इरानको अर्ध-आधिकारिक समाचार एजेन्सीले नयाँ वर्षको पूर्वसन्ध्यामा तेहरानमा केही फुटबल खेलाडीहरूलाई पक्राउ गरिएको जनाएको छ। पक्राउ पर्नेमा केही पूर्व फुटबलर र केही हालका खेलाडी रहेका छन् । उनीहरुले नयाँ वर्षको पार्टी गरेको आरोप छ ।
तस्निम न्युज एजेन्सीले पक्राउ परेका खेलाडीको नाम र टोलीको बारेमा जानकारी दिएको छैन । पक्राउ पर्दा केही खेलाडीहरु मादक पदार्थको नशामा रहेको बताइएको छ । इरानमा अविवाहित पुरुष र महिला सहभागी हुने पार्टीलाई गैरकानुनी मानिने नियम छ ।
त्यस्ता पार्टीहरूलाई इरानमा सामाजिक गलत आचरणको उदाहरणका रूपमा प्रस्तुत गरिन्छ। मानवअधिकारकर्मीहरूले इरानमा प्रहरीको यस्तो कार्यलाई गोपनीयताको अधिकारको उल्लङ्घन भएको बताएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment