सर्बियाका पूर्व राष्ट्रपतिविरुद्ध युद्ध अपराधको मुद्दा लडिरहेका वकिलले पुटिनलाई मुद्दा चलाउन आह्वान गरे

डिसी नेपाल
१७ पुष २०७९ १७:३२
40
Shares

काठमाडौं । सर्बियाका पूर्व राष्ट्रपति स्लोबोदान मिलोसेभिकविरुद्ध युद्ध अपराधको मुद्दा लडेका बेलायती वकिलले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पनि यस्तै मुद्दा चलाउन आग्रह गरेका छन् ।

बीबीसीसँगको कुराकानीमा सर जेफ्री नाइसले सन् २०२२ को फेब्रुअरीदेखि युक्रेनमा भएका हमलाहरूमा नागरिकलाई छनोटमा निशाना बनाइएको बताएका छन्। उनका अनुसार यसो गरेर पुटिनले मानवता विरुद्धको अपराध गरेका छन् ।

तर, रुसले नागरिकलाई निशाना बनाएको आरोप अस्वीकार गर्दै आएको छ । सर नाइसले पुटिन विरुद्धको मुद्दाको बारेमा भनेका छन् कि ‘यसलाई थप व्याख्या गर्न सकिँदैन’।

सर नाइसले भ्लादिमिर पुटिनलाई दुई पक्षबीचको शान्ति सम्झौताको आशाका कारण युद्ध अपराधको अभियोगमा मुद्दा चलाइएन कि भनेर प्रश्न गरेका छन्।

उनले भने कि अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनको अपराधको अनुसन्धान गर्यो तर पुटिनलाई मुद्दा चलाउन नसकेको बताए। तर, अन्तर्राष्ट्रिय फौजदारी अदालतले यो दाबी अस्वीकार गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *