नयाँ वर्ष मनाउने क्रममा भागदौड हुँदा ९ जना मारिए

डिसी नेपाल
१८ पुष २०७९ ८:३६
244
Shares

कम्पाला। युगान्डाको राजधानीमा आइतवार नयाँ वर्षको अवसरमा उत्सव मनाउनेहरूबीच एक सपिङ मलमा भागदौड मच्चिदा कम्तीमा  नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। कम्पालाको फ्रिडम सिटी मलबाहिर आतिशबाजीपछि, भागदौड हुँदा ९ जनाको मृत्यु भएका र अन्य धेरै जना घाइते भएका प्रहरी प्रवक्ता लुक ओवोयेसिगियरले जाकारी दिए।

घटनालगत्तै आकस्मिक सेवाका कर्मचारी घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पु¥याइएको थियो, जहाँ ९ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो। मृत्यु हुनेमा नयाँ वर्षको अवसरमा हर्षोल्लास मनाउनेहरू रहेका प्रहरीले जनाएको छ। हतार र लापरबाहीले उक्त घटना भएको उनले बताए।

कोभिड १९ महामारी र सुरक्षा मुद्दाहरूसँग सम्बन्धित प्रतिबन्धहरू पछि सन् २०२३ मा स्वागत गर्ने उत्सवहरू तीन वर्षमा पूर्वी अफ्रिकी देशमा पहिलो थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *