लुला डि सिल्भा तेस्रो पटक ब्राजिलको राष्ट्रपति बने

डिसी नेपाल
१८ पुष २०७९ ११:०१
36
Shares

काठमाडौं । ब्राजिलको राष्ट्रपतिमा लुइस इनासियो लुला डि सिल्भाले तेस्रो पटक सपथ ग्रहण गरेका छन् । दिग्गज वामपन्थी नेतालाई ‘लुला’ पनि भनिन्छ। यसअघि डि सिल्भा सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति भएका थिए । उनले गत वर्ष अक्टोबरमा भएको निर्वाचनमा जैर बोल्सोनारोलाई पराजित गरेका थिए ।

राष्ट्रपति बनेपछि आफ्नो पहिलो भाषणमा लुलाले देशको पुनर्निर्माण गर्ने शपथ लिएका थिए । उनले देशको ‘खराब अवस्था’का लागि पूर्ववर्तीका नीतिहरूको आलोचना गरे। बोल्सोनारो सत्ता हस्तान्तरण समारोहबाट बच्न शुक्रबार नै अमेरिका प्रस्थान गरेका छन् ।

संसदबाहिर लुलाका समर्थकहरुको बिहानैदेखि भीड लागेको थियो । सपथ ग्रहणपछि उत्सवका लागि ६० भन्दा बढी कलाकार बोलाएर दुई ठूला स्टेज सजाइएको थियो । तर, लुला डी सिल्भा यस अवधिमा धेरै पटक भावुक भएको देखियो। हुनसक्छ दुई दशकभन्दा बढी सत्ता बाहिर रहेपछि लुलाले फेरि राष्ट्रपति बन्ने सोचेका थिएनन् ।

यस अवधिमा लुला भ्रष्टाचारको आरोपमा जेलमा पनि थिए । तर, सन् २०२१ मा उक्त सजाय खारेज भएको थियो । राजधानी ब्रासिलियामा शतप्रतिशत प्रहरी बल कार्यक्रमको सुरक्षाका लागि तैनाथ गरिएको थियो । बोल्सोनारोका समर्थकहरूले कार्यक्रममा बाधा पुर्‍याउन सक्ने आशंकाहरू थिए।

ब्राजिलको सैन्य प्रहरीले आइतबार बिहान एक व्यक्तिलाई चक्कु र पटाका लिएर स्वागत समारोहमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरेको जनाएको छ।

यसअघि, अर्को बोल्सोनारो समर्थकलाई पनि पक्राउ गरिएको थियो जसले क्रिसमसको पूर्वसन्ध्यामा राजधानी ब्रासिलियाको एयरपोर्ट नजिकै इन्धन ट्रकमा विस्फोटक पदार्थ राखेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *