बढ्दो आतंकवादी आक्रमणबीच पाकिस्तानको सुरक्षा परिषद्को बैठकमा रणनीतिबारे छलफल हुने

डिसी नेपाल
१८ पुष २०७९ १६:५९
16
Shares

काठमाडौं । लगातार बढ्दै गएको चरमपन्थी हमलाबाट चिन्तित पाकिस्तानमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ । पछिल्ला केही दिनमा यो बैठक दोस्रो पटक हुन लागेको हो ।

नोभेम्बरमा युद्धविराम समाप्त भएदेखि तहरीक-ए-तालिबान गुट आक्रामक भएकोले यो बैठक पनि महत्त्वपूर्ण छ। आइतबार उनीहरूले पाकिस्तानी सुरक्षाकर्मीलाई मारेका थिए। आइतवार, सुरक्षा परिषदले ‘आतंकवाद’ लाई पूर्ण रूपमा सामना गर्ने वाचा गरेको थियो।

आक्रमणका लागि अफगानिस्तानको जमिन प्रयोग भएको पाकिस्तानले जनाएको छ । यद्यपि अफगानिस्तानको तालिवान नेतृत्वले यो आरोप अस्वीकार गर्दै आएको छ । पाकिस्तानमा हुने सुरक्षा परिषद्को बैठकमा थप रणनीतिबारे छलफल हुनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *