पूर्व पोप बेनेडिक्ट सोह्रौंको शव हेर्न हजारौं भेला भए

डिसी नेपाल
१८ पुष २०७९ १७:१९
28
Shares

काठमाडौं । पूर्व पोप बेनेडिक्ट सोह्रौंको पार्थिव शरीरको अन्तिम दर्शनका लागि भ्याटिकनको सेन्ट पिटर बासिलिकामा हजारौं मानिसहरू भेला भएका छन्।

बिहीबार उनको अन्तिम संस्कार अघि १० हजार मानिसले श्रद्धाञ्जली दिने अपेक्षा गरिएको छ । स्वर्गीय पोप एमेरिटसलाई खुला कास्केटमा राखिएको छ । उनलाई रातो लुगा र पादरीहरूको मुकुट लगाइएको छ ।

क्याथोलिक क्रिश्चियनहरूका सर्वोच्च नेता (पोप) पोप बेनेडिक्ट सोह्रौंको शनिबार भ्याटिकनस्थित आफ्नै निवासमा निधन भएको थियो। उनी ९५ वर्षको थिए ।

सन् २०१३ मा अस्वस्थताका कारण पोपको पद त्यागेका बेनेडिक्ट सोह्रौंले सन् २००५ को अप्रिलदेखि फेब्रुअरी २०१३ सम्म क्याथोलिक चर्चको पोपको जिम्मेवारी सम्हालेका थिए । उनी १४१५ मा ग्रेगरी बाह्रौं पछि आफ्नो पदबाट राजीनामा गर्ने पहिलो पोप थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *