अस्ट्रेलियामा दुई हेलिकप्टर हावामै ठोक्किँदा ४ जनाको मृत्यु

डिसी नेपाल
१८ पुष २०७९ १८:१४
240
Shares

काठमाडौं । अस्ट्रेलियामा दुई ओटा हेलिकप्टर आकाशमै एकापसमा ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । अस्ट्रेलियाको गोल्डकोस्टमा दुई हेलिकप्टर एकापसमा ठाक्किएको बीबीसीले जनाएको छ

क्विन्सल्याण्ड प्रहरीका अनुसार ठोक्किने हेलिकप्टरमध्ये एउटा टेकअफ गर्दै थियो भने अर्को ल्याण्ड गर्ने क्रममा रहेको थियो । मृत्यु भएका ४ जना एउटै हेलिकप्टरमा सवार थिए । अन्य तीन जना यात्रु गम्भीर अवस्थामा रहेका छन् । स्थानीय समयअनुसार दिउसो २ बजे उक्त घटना भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *