समृद्ध मात्र होईन सभ्य अर्घाखाँची बनाऔँ : साँसद रायमाझी
काठमाडौं । प्रतिनिधि सभा सदस्य विजुला रायमाझीले समृद्ध सँगसँगै सभ्य अर्घाखाँची बनाउनेतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेकी छन् । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फबाट उम्मेदवार निर्वाचित रायमाझीले समृद्ध र सभ्य जिल्ला बनाउनको लागि सबैको साथको अपेक्षा गरिन् ।
जनताको मत लिनको लागि पार्टीको रुपमा मैदानमा गएपनि निर्वाचित भईसकेपछि एकमना एकताका साथ जिल्लाको विकास र समृद्धिमा ध्यान दिनुपर्ने रायमाझीको भनाई छ । गरिखाने वर्गको हित हुनेगरी सबै अगाडि बढ्नुपर्नेमा नवनिर्वाचित साँसद बिजुला रायमाझीले बताइन् ।
आफूमा व्यक्तिगत महच्वाकाँक्षा नभएको बताउँदै भाइचारा सम्बन्धका साथ अगाडी बढ्नका लागि रायमाझीले सबैको साथको अपेक्षा गरिन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment