राम मन्दिरका मुख्य पुजारीले राहुल गान्धीलाई के दिए आशीर्वाद ?
काठमाडौं । उत्तर प्रदेशको अयोध्यास्थित रामजन्मभूमि मन्दिरका मुख्य पुजारी सत्येन्द्र दासले कांग्रेस नेता राहुल गान्धीलाई ‘देशलाई एकताबद्ध गर्ने प्रयास’का लागि आशीर्वाद दिँदै पत्र लेखेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार, दासले आफ्नो पत्रमा लेखेका छन्- ‘म आशा गर्छु र प्रार्थना गर्दछु कि तपाई जुन मिसनमा संलग्न हुनुहुन्छ त्यसमा सफलता मिलोस्। तपाइँको दीर्घायुको कामना पनि गर्दछु ।’
यससँगै उनले ‘सर्वजन हिताय सर्वजन सुखाय’ पुण्य कार्यमा लागिरहेको लेखेका छन् । उनले लेखेका छन् ‘भगवानले आशीर्वाद दिऊन्, रामजीको आशीर्वाद तपाईमा रहोस्।’
विगत तीन महिनादेखि भारत जोडो यात्राको नेतृत्व गर्दै राहुल गान्धीले भारतका नौ राज्यका सबै जिल्लाहरू पार गरिसकेका छन्। यस यात्रामा राहुल गान्धीले भारतीय समुदायका विभिन्न वर्गसँग कुरा गर्नुका साथै जनतालाई सम्बोधन गरिरहेका छन् ।
यस यात्रामा कयौं फिल्मी व्यक्तित्वका साथसाथै कांग्रेसका शीर्ष नेता र रघुराम राजनजस्ता अर्थशास्त्री पनि सहभागी भएका छन् ।
दक्षिण भारतको कन्या कुमारीबाट सुरु भएको यो यात्रा विगत १०८ दिनमा तमिलनाडु, महाराष्ट्र हुँदै ४६ जिल्ला र नौ राज्य हुँदै आएको छ ।







डिसी नेपाल







Facebook Comment