इजरायली मन्त्री पुगे अल अक्सा मस्जिद, किन उठ्यो प्रश्न ?

डिसी नेपाल
१९ पुष २०७९ १७:२३
20
Shares

काठमाडौं । इजरायलका नयाँ अति दक्षिणपन्थी सुरक्षा मन्त्रीले जेरुसेलमको अल-अक्सा मस्जिद रहेको परिसरको भ्रमण गरे। यो ठाउँ मुस्लिम र यहूदी दुवैका लागि महत्त्वपूर्ण छ।

इटमार बेन-ग्वेरलाई कडा सुरक्षामा क्षेत्रमा देखिएको थियो। यो ठाउँ हाल मुस्लिमहरूका लागि खुला छ, तर इटमारले लामो समयदेखि यहूदीहरूका लागि खोल्ने वकालत गर्दै आएका छन्।

उनले ट्विट गरे कि टेम्पल माउन्ट (यहूदीहरूले यही नामले चिन्छन्) सबैका लागि खुला छ। तर उनको भ्रमणलाई लिएर धेरै प्रश्न उठिरहेका छन् । प्यालेस्टाइन र जोर्डनले मन्त्री इटमारको आलोचना गरेका छन्।

प्यालेस्टिनी अधिकारीहरूले यो भ्रमण ‘उत्तेजना’ गर्नको लागि भएको बताएका छन्। योसँगै जोर्डनले पनि भ्रमणमा प्रश्न उठाएको छ । जोर्डन यस ठाउँको संरक्षक हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *