सबै दलबीच राष्ट्रिय सहमतिका लागि कोसिस जारी छः महासचिव गुरुङ

डिसी नेपाल
१९ पुष २०७९ १७:३५

चितवन । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ्ले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताएका छन् । आज भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम गरेर अघि बढ्नुपर्ने बताए ।

अहिलेको आवश्यकता भनेको राष्ट्रिय स्वाधिनताको रक्षाको, स्थिरता र स्थायित्व भएको भन्दै उहाँले यसका निम्ति सबै प्रकारका दलकाबीचमा सहमति र सहकार्यको खाँचो रहेको बताए । उनले भने, “यतिखेर सके सबै दलबीचमा राष्ट्रिय सहमति जुटाउन कोसिस गर्ने हो । विधिले सत्ता पक्ष र प्रतिपक्षको अङ्गिकार गरेको भए पनि एजेण्डागत आधारमा राष्ट्रिय सहमति जुटाउँदै अघि बढ्नुपर्छ ।” मुलुक सङ्कटको अवस्थामा रहेको भन्दै उहाँले अहिलेको राजनीतिक प्रणालीका प्रस्तावक र अगुवा एक भएर अघि बढ्नुपर्ने बताए।

देशमा वृहत शान्ति सम्झौताका समयमा सरकार पक्ष गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको भन्दै उनले यी दुबैपक्ष सहमतिका साथ अघि बढ्नुपर्ने बताए ।

सिष्टमलाई भताभुङ्ग बनाउन खोज्नेविरुद्ध आफूहरुको लडाइँ रहेको बताउँदै उहाँले यही पद्दति अङ्गिकार गरेर निर्वाचनमा आएपछि कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताए ।

अहिलेको गठबन्धन मुलुकको आवश्यकताको हिसाबले बनेको उनको भनाइ थियो । उनले थपे “मुलुकमा स्थिरता र स्थायित्व कायम राख्दै मुलुकको स्वाधिनताको रक्षाका निम्ति बढीभन्दा बढी दलको आपसी सहमति र सद्भावकासाथ अघि बढ्ने समय आएको छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *