सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने जसपाको निर्णय

डिसी नेपाल
१९ पुष २०७९ १८:४६

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ ।

मंगलबार सकिएको राजनीतिक समितिको बैठकले आफूहरुको सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने नभए सरकार बाहिरै बसेर समर्थन गर्ने निर्णय गरेको हो । राजनितिक समितिमा सरकारमा जाने नजाने विषयमा सदस्यहरुको मत बाझिएको थियो ।

तर बहुसंख्यक सदस्यहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरु समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको पार्टी प्रवक्त मनिषकुमार सुमनले जानकारी दिए ।

बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धन सम्बन्धी वार्ताका लागि पार्टीको केन्द्रिय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको प्रवक्ता सुमनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *