प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

डिसी नेपाल
१९ पुष २०७९ १९:२७

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीसँग भेट गर्न अध्यक्ष ओली आफैं अपरान्ह ४ बजे बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री र अध्यक्ष ओलीबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डेढ घण्टाभन्दा बढी समय कुराकानी भएको थियो ।

नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत बिहीबार बसेको सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न अध्यक्ष ओलीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *