क्यानडाले सन् २०२२ मा ४ लाख ३७ हजार विदेशीलाई स्थायी बसोबास दियो

डिसी नेपाल
२० पुष २०७९ ९:३१
36
Shares

ओटाबा। क्यानाडाले गत वर्ष ४ लाख ३७ हजारभन्दा बढी विदेशीहरूलाई स्थायी बसोबास दिएर अध्यागमन रेकर्ड स्थापित गरेको सरकारले जनाएको छ। क्यानडाले कडा श्रम बजारसँग लड्न अध्यागमनलाई बढावा दिइरहेको छ।

सरकारले सन् २०२२ मा ४ लाख ३१ हजार ६४५ नयाँ स्थायी बासिन्दाहरूलाई स्वागत गर्ने लक्ष्य राखेको थियो र अध्यागमन मन्त्रालयले क्यानाडाको इतिहासमा मानिसहरूको सबैभन्दा ठूलो वार्षिक प्रवेश गर्ने लक्ष्यमा पुगेको बताएको छ।

गत वर्षको संख्या सन् २०२१ भन्दा लगभग ९ प्रतिशत बढी छ जतिबेला क्यानाडाले सन् १९१३ मा तय गरेको अघिल्लो रेकर्डलाई पार गरेको थियो  र क्यानाडाले सन् २०२५ सम्म १ दशमलब ४५ मिलियन नयाँ स्थायी बासिन्दाहरू भित्रयाउन खोजेको छ।

क्यानाडाले तीव्र श्रम बजार अभावलाई सम्बोधन गर्नमा ध्यान केन्द्रित गरेकोले अध्यागमन समाधानको मुख्य भाग भएको मन्त्रालयले प्रष्ट पारेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *