हिजाब नलगाइ खेलेका कारण चेस खेलाडीलाई धम्की, देश छाडेर भागिन्

डिसी नेपाल
२० पुष २०७९ ११:१७
236
Shares

काठमाडौं । इरानकी चेस खेलाडी सारा खादिमलाई हिजाब नलगाई खेलेको भन्दै स्वदेश फर्कने विषयमा धम्की आएको छ । समाचार एजेन्सी रोयटर्सले सारा खादिमको निकट स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

साराले गत हप्ता कजाकिस्तानमा भएको वर्ल्ड र्यापिड एण्ड ब्लिट्ज चेस च्याम्पियनसिपमा हिजाब नलगाई भाग लिइन् । इरानमा महिलाले हिजाब लगाउन अनिवार्य छ ।

स्रोतका अनुसार सारालाई यसअघि पनि धेरै फोन आएका थिए जसमा उनलाई स्वदेश फर्किने विषयमा चेतावनी दिइएको थियो । कतिपयले भने उनी फर्केर ‘आफ्ना समस्या समाधान’ गर्नुपर्छ भनेका छन् ।

इरानमा रहेका साराका आमाबुवा र आफन्तलाई समेत धम्की आइरहेको छ । इरानको विदेश मन्त्रालयले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। अब सारा मंगलबार स्पेन पुगेकी छिन् । उनले यस विषयमा केही भन्न अस्वीकार गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *