रुसले युक्रेनको आक्रमणमा भएको ‘ठूलो नोक्सानी’ लाई लापरवाही भन्यो
काठमाडौं । रुसले युक्रेन आक्रमणमा ठूलो संख्यामा रुसी सैनिक मारिएको घटनामा ‘लापरवाह अफिसर’को जवाफदेहिता तय गरिने जनाएको छ । माकिभका सहरमा भएको यो आक्रमणमा ठूलो संख्यामा सैनिक मारिएका थिए।
रुसी सेनाले जारी गरेको विज्ञप्तिमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाइएको र ‘यो नियम उल्लङ्घन भएको स्पष्ट छ’ भनिएको छ।
रुसी सेनाका अनुसार ‘अमेरिकाले युक्रेनलाई दिएको हिमर्स मिसाइलको दायरामा मोबाइल फोनको प्रयोग खतराको कारण बन्न सक्छ । यसबारे सिपाहीहरूलाई जानकारी गराइएको थियो।’
जनवरी १ मा भएको यो हमलामा रेजिमेन्टका डेपुटी कमाण्डरसहित ८९ रुसी सैनिक मारिएका थिए।
जनवरी १ को रातमा, युक्रेनले रुसको कब्जामा रहेको डोनेट्स्क क्षेत्रको माकिएभका सहरको एक कलेजमा रकेट आक्रमण गरेको थियो। यस कलेजमा रूसी सैनिकहरू उपस्थित थिए।
रुसका अनुसार राति करिब एक बजे अमेरिकामा निर्मित हिमर्स रकेट प्रणालीबाट कलेजमा ६ रकेट प्रहार गरिएको थियो । यी मध्ये दुई रकेट नष्ट भएको थियो।
रुसी सेनाले प्रतिबन्धका बावजुद सैनिकहरूले ठूलो संख्यामा फोन प्रयोग गरेको जसका कारण शत्रुलाई आफ्नो स्थानको अनुमान भएको बताएको छ ।
यस आक्रमणमा कति सैनिक मारिए भन्ने पुष्टि भएको छैन । रुस र युक्रेन दुवैले फरक फरक तथ्यांक बताउँदै आएका छन् ।
तर, रुसले यो युद्धमा अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु भएको स्वीकार गरेको छ ।
यसै क्रममा युक्रेनले ४०० रुसी सैनिक मारिएको र ३०० जना घाइते भएको बताएको छ ।
रुसको रक्षा मन्त्रालयका अनुसार यस हमलामा रेजिमेन्टका डेपुटी कमाण्डर लेफ्टिनेन्ट कर्नेल बाचुरिनको पनि मृत्यु भएको छ । आयोगले यस विषयमा छानबिन गरिरहेको छ ।







डिसी नेपाल







Facebook Comment