सरकारमा सहभागिताबारे निर्णय लिन हतार छैन : अध्यक्ष नेपाल

डिसी नेपाल
२० पुष २०७९ १८:०६
24
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताएका छन् । पार्टीको भ्रातृ सङ्गठन युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला कमिटीले आज आयोजना गरेको कार्यक्रममा उनले अहिले राजनीतिक ‘पिक्चर’ नै ‘क्लिएर’ नभएकाले आफ्नो पार्टीको पोलिटब्युरो बैठकले सरकारमा जाने÷नजानेबारे निर्णय नलिएको बताए ।

उनले भने, “वर्तमान राजनीतिक दृश्य प्रष्ट त हुनुप¥यो नि ?’ अहिलेसम्म हामीले यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने कुरा हेर्नै पाएका छैनौँ, सबै स्पष्ट भएपछि निर्णय लिन्छौँ ।” यही पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने र पार्टीको आधिकारिक कमिटीले निर्णय गर्ने उनको भनाइ थियो ।

यसैगरी उनले आफ्नो पार्टी सरकारमा जानका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको पनि बताए । अध्यक्ष नेपालले पार्टीका सांसदलाई दलको ह्विप लाग्ने भन्दै सचेतसमेत गराए । उनले राष्ट्रिय मान्यता नपाएका दलले पनि पार्टीका सांसदलाई ह्विप लगाउन पाउने कानुनी र संवैधानिक व्यवस्था रहेको जिकिरसमेत गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *