यी हुन् विश्व इतिहासमा आज भएका महत्वपूर्ण घटनाक्रम

डिसी नेपाल
२१ पुष २०७९ ६:३६
32
Shares

आज ५ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

सौर्य मन्डलको सानो ग्रह

सन् २००५ मा सौर्य मन्डलमा सबैभन्दा सानो ग्रह पत्ता लागेको थियो। पत्ता लगाएको नयाँ ग्रहको नाम इरिस दिइएको छ। अन्तर्राष्ट्रिय खगोल युनियन (आईएयु) का अनुसार इरिसको आकार यसअघि सौर्यमन्डको सबैभन्दा सानो मानिएको प्लुटोको आकार समान छ।

पाराग्वेको आन्दोलन

सन् १९६८ मा पाराग्वेमा आन्दोलन सुरु भएको थियो । अलेक्जेन्डर दुबसेक देशको नेता बनेपछि पाराग्वेमा आन्दोलन सुरु भएको थियो।

गोल्डेन गेट निर्माण सुरु

आजकै दिन अर्थात सन् १९३३ को ५ जनवरीमा अमेरिकाको सान फ्रान्सिस्कोमा गोल्डेन गेट पुल बनाउन सुरु भएको थियो। यो पुललाई अमेरिकाकै एउटा प्रसिद्ध प्रतिक मानिन्छ।

वेटिङ फर गोडोटको पहिलो मन्चन

आयरल्यान्डका प्रख्यात लेखक स्यामुअल बेकेटले लेखको विश्व प्रसिद्ध नाटक वेटिङ फर गोडोटलाई पहिलो पटक सन् १९५३ को ५ फेब्रुवरीमा फ्रान्सको राजधानी पेरिसमा मन्चन गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *