कोरोना: विश्व स्वास्थ्य संगठनले चीनसँग भरपर्दो तथ्यांक साझा गर्न माग गर्यो
काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनलाई अस्पतालमा भर्ना भएका बिरामी र मृत्युसँग सम्बन्धित भरपर्दो तथ्याङ्क साझा गर्न आग्रह गरेका छन्। साथै उनले चीनको अवस्थालाई लिएर आफू चिन्तित रहेको बताए ।
“हामीले चीनलाई छिटो र नियमित रूपमा अस्पतालमा भर्ना हुने र मृत्युको भरपर्दो डाटा, साथै थप व्यापक, वास्तविक समय भाइरल अनुक्रम जानकारी साझा गर्न आग्रह गरेका छौं,” उनले भने।
“गत हप्ता, विश्व स्वास्थ्य संगठनले चीनसँग उच्चस्तरीय बैठक गर्यो र कोरोनाका बढ्दो केस र अस्पतालमा भर्ना हुनेहरूको बढ्दो संख्याबारे छलफल गरेको थियो।”
मिडिया ब्रिफिङमा उनले आफूसँग उपलब्ध तथ्यांकअनुसार विश्वभर कोभिड–१९ का कारण हरेक हप्ता करिब १० हजार मानिसको मृत्यु भइरहेको बताए । वास्तविक संख्या यो भन्दा धेरै हुन सक्छ।







डिसी नेपाल







Facebook Comment