तालिबानको कारवाहीमा ८ आइएस चरमपन्थीको मृत्यु, चिनियाँ नागरिकको हत्यामा संलग्न थिए

डिसी नेपाल
२१ पुष २०७९ १३:१५

काठमाडौं । अफगानिस्तानमा तालिबानले आफूलाई इस्लामिक स्टेट भन्ने चरमपन्थी समूहका आठ सदस्यलाई मारेको दाबी गरेको छ ।

तालिबानले काबुलमा आइएसका कैयौं अड्डाहरूमा छापा मारिएको बताएको छ जसमा यी मृत्युहरू भएका छन्।

मारिएका यी व्यक्ति होटलमा भएको आक्रमणमा संलग्न रहेको बताइएको छ । यस आक्रमणमा चिनियाँ नागरिकको मृत्यु भएको थियो।

समाचार एजेन्सी रोयटर्सले तालिबानका प्रवक्तालाई उद्धृत गर्दै यस छापामारीमा सात जनालाई पक्राउ पनि गरिएको जनाएको छ ।

बुधवारको अपरेशनको बारेमा जानकारी दिँदै तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले ट्विटरमा भने, “यी व्यक्तिहरूले इस्लामिक स्टेटको खोरासान प्रान्त शाखाका विदेशी सदस्यहरूलाई अफगानिस्तानमा प्रवेश गर्ने बाटो उपलब्ध गराए।”

तालिवान सुरक्षा बलको कारबाहीमा ठूलो परिमाणमा हतियार र विस्फोटक पदार्थ बरामद गरिएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *