प्रदेशको राजधानीमा आवश्यक पूर्वाधार निर्माणका लागि १२ विघा जग्गा प्राप्त: मन्त्री कार्की {भिडियो}

डिसी नेपाल
२१ पुष २०७९ १५:०७
76
Shares

मोरङ। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार बनाउन पहल नगरी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। उनले विगत १४ महिनाको कार्यकालमा गरिएको कामका सम्बन्धमा जानकारी गराउन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आगामी दिनमा जनताको पक्षमा आवाज उठाउँदै जिम्मवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रष्ट पारे ।

मन्त्री कार्कील विराटनगरलाई स्थायी राजधानीका लागि आवश्यक पूर्वाधार निर्माण गर्न महानगरपालिकाले डङग्राहामा पाँच विघा,प्रदीप श्रेष्ठले वडा नं ५ मा पाँच विघा र दिक्षान्त पोखरेले वडा नं ६ मा दुई विघा जग्गा निःशुल्क दिने प्रतिवद्धता जनाएको जानकारी दिए । उनले शान्तिसुरक्षाको कार्य सम्पादनमा प्रदेश नं १ सात प्रदेशमध्ये पहिलो भएको बताउदै मन्त्रालयमा सुशासन कायम गरी वेरुजु शुन्य मन्त्रालय बनाएको दावी गरे ।

विराटनगरलाई डुवानमुक्त बनाउन केसलिया (वुढीनदी) को व्यवस्थापन तथा रानी दुहवी करिडोर निर्माणका लागि गुरुयोजना निमार्ण भई निर्माण प्रक्रिया शुरु गरेको बताए । उनले आफ्नो कार्यकालमा तीन तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराई सङ्घीयताको सफल कार्यान्वयनमा सहयोग पुर्याउन सबैको सहयोग प्राप्त भएकोमा धन्यवाद समेत ज्ञापन गरे ।

हेर्नुहोस् भिडियो:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *