पाकिस्तानी सेना प्रमुख साउदी अरब र यूएई भ्रमणमा, साउदी रक्षामन्त्रीले के भने ?

डिसी नेपाल
२१ पुष २०७९ १५:००

काठमाडौं । साउदी अरबको भ्रमणका क्रममा पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरले साउदीका रक्षामन्त्री खालिद बिन सलमानसँग रियादमा भेट गरेका छन् ।

सो अवसरमा साउदी मन्त्रीले ट्वीटरमा सन्देश दिँदै उक्त भेटमा द्विपक्षीय सैन्य र रक्षा सम्बन्धको समीक्षा र सहकार्यका विषयमा छलफल भएको बताए ।

साउदी प्रेस एजेन्सी एसपीएका अनुसार साउदी रक्षामन्त्रीले जनरल असिम मुनीरलाई यो पद सम्हालेकोमा बधाई पनि दिएका छन् ।

एसपीएका अनुसार साउदी अरबका चीफ अफ जनरल स्टाफ लेफ्टिनेन्ट जनरल फयाज बिन हमिद अल-रवाइली पनि बैठकमा सहभागी थिए।

सात दिने औपचारिक भ्रमणमा रहेका जनरल मुनिरले साउदी अरेबियापछि युएईको पनि भ्रमण गर्ने छन् ।

भ्रमणका क्रममा प्रधानसेनापतिले दुवै देशका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्नुका साथै आपसी हित, सैन्य सम्बन्ध र द्विपक्षीय सम्बन्धका विषयमा छलफल गर्नेछन् ।

सेना प्रमुखका रूपमा सैयद असिम मुनीरको यो पहिलो विदेश भ्रमण हो । जनरल मुनीरले गत वर्ष नोभेम्बर २९ मा पाकिस्तानको सेना प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *