राजकुमार ह्यारीले आफ्ना दाजु प्रिन्स विलियमको बारेमा सनसनीपूर्ण खुलासा गरे

डिसी नेपाल
२१ पुष २०७९ १७:२४

काठमाडौं । बेलायतका प्रिन्स ह्यारीले आफ्नो दाजु प्रिन्स विलियमले आफूमाथि आक्रमण गरेको दाबी गरेका छन् । बेलायती अखबार गार्डियनका अनुसार ड्युकले आफ्नो आगामी पुस्तक ‘स्पेयर’ मा यो घटना उल्लेख गरेका छन् ।

अखबारका अनुसार राजकुमार ह्यारीकी श्रीमती मेगन मार्कललाई लिएर दुवैबीच विवाद भएको थियो। गार्डियनका अनुसार प्रिन्स ह्यारीले लेखे, “उनले मेरो कलर समातेर मेरो नेकलेस भाँचे र मलाई भुइँमा फाले।”

उनले भने, “म कुकुरले खाना खाने भाँडोमा लडेको थिएँ, मेरो ढाडले त्यो फुट्यो। म केही बेर त्यहीँ पल्टें, मैले केही बुझिनँ, त्यसपछि उभिएँ र उनलाई त्यहाँबाट जान भनें।” किङ्स्टन प्यालेसले यसबारे “टिप्पणी नगर्ने” बताएको छ।

अहिलेसम्म पुस्तक सार्वजनिक भइसकेको छैन। बेलायती राजपरिवारको प्रतिनिधित्व गर्ने बकिङ्घम प्यालेसले यस विषयमा केही बोल्न अस्वीकार गरेको छ ।

गार्डियनका अनुसार पुस्तकमा यो झगडा २०१९ मा भएको लेखिएको छ जब राजकुमार विलियम लन्डनमा राजकुमार ह्यारीको घर गएका थिए ।

अखबारका अनुसार, प्रिन्स ह्यारीले लेखेका छन् कि उनका दाजु मेघन मार्कलसँगको विवाहबाट खुसी थिएनन्।

प्रिन्स विलियमले उनलाई “कठीन”, “अभद्र” र “कठोर” भनेर वर्णन गरे।

ड्युक अफ ससेक्सले कथित रूपमा लेखे कि जब तनाव बढ्यो, उनको दाजुले “प्रेसको न्यारेटिभलाई सुगाले जस्तृ रटिरहन्थे ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *