अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुने

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपम मनाउने सहमति!

डिसी नेपाल
२२ पुष २०७९ ११:०१

काठमाडौं। वर्तमान सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।

उपप्रधानमन्त्रीसहित अध्यक्ष लिङ्देनको नेतृत्वमा सरकारमा सहाभागी हुने राप्रपाले लिने मन्त्रालयका विषयमा भने टुंगो लागेको छैन। तर उसले परराष्ट्रसहित अन्य तीन वटा मन्त्रालय दाबी गरेको छ। संभवतः लिङदेन उपप्रधानसहित परराष्ट्रमन्त्री बन्ने छन्।

राप्रपाले सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि सरकार विस्तार गर्दा उचित हुने जनाएको छ। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने विश्वासको मत दिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता लिने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले आगामी मंगलबार विश्वासको मत लिँदैछन्।

राप्रपा उपाध्यक्ष ध्रुवबहादुर प्रधानले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने बताए। अध्यक्ष लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको राप्रपाले कतिवटा मन्त्रालय पाउने भन्ने यकिन छैन।

राप्रपाले पनि सरकारमा सहभागी हुने दलको संख्या हेरेर मन्त्रालय दाबी गर्ने जनाएको छ। यसअघि मन्त्रालय विभाजन गर्ने तयारी भएको थियो। तर त्यसको विरोध भएपनि हालकै मन्त्रालय कायम गरिने सत्तारुढ दलका नेताले निर्णय गरेका छन्।

स्रोतका अनुसार राप्रपाले चार मन्त्रालय दाबी गरेको छ। राप्रपाभित्र प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै मन्त्री बनाउनुपर्ने आवाज बलियो छ। तर पुराना र अनुभवी नेतालाई पनि सहभागी गराउने पर्ने आवाज पनि उठेको छ।

राप्रपामा प्रत्यक्ष निर्वाचित ७ जना सांसद छन् भने समानुपातिकबाट सात जना निर्वाचित भएका छन्। स्रोतका अनुसार उपाध्यक्ष ध्रुवबहादुर प्रधान, महामन्त्री धवलसमशेर राणा, वुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही मन्त्रीका मुख्य आकांक्षी हुन्।

पृथ्वी जयन्तीम विदा दिने सहमति

सरकारले सरकारमा सहभागी हुन राखेको मुख्य शर्त पृथ्वी जयन्तीमा देशव्यापी रुपमा सार्वजनिक विदा दिँदै सरकारी स्तरबाट राष्ट्रिय एकता दिवस मनाउनु पर्ने थियो। सो मागमा प्रधानमन्त्री प्रचण्ड सहमत भएपनि राप्रपा सरकारमा सहभागी हुन सहमत भएके हो।

सरकारको न्युनतम साझा कार्यक्रममा नै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने र सो दिन सार्वजनिक विदा दिने सहमति भएपछि राप्रपा सरकारमा सहभागी हुने निश्चित भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *