अहिलेको अवस्थामा एमालेसंग एकता हुन सक्दैनः अध्यक्ष नेपाल

डिसी नेपाल
२२ पुष २०७९ १६:१०

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समय आएपछि सरकारका विषयमा आवश्यक निर्णय गर्ने बताएका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै विश्वासको मत लिने दिनसम्म आवश्यक निर्णय गर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डसंग पनि यस बिषयमा कुराकानी भएको तर सरकारको कार्यक्रम कस्तो आउँछ भन्ने हेर्न बाँकी रहेको धारणा राखे । त्यस्तै अध्यक्ष नेपालले अहिले विचार मिल्नेसंग एकताका लागि पहल सुरु गरिएको भन्दै एमालेसंग भने अहिलेको अवस्थामा एकता हुन नसक्ने स्पष्ट पारे ।

उनले पार्टी एकताका लागि जसपा लगाएतका दलसंग छलफल भइरहेको जानकारी पनि दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *