श्रीमतीले सम्बन्धविच्छेद मागेपछि पाँच छोराछोरीसहित ७ जनाको हत्या

डिसी नेपाल
२२ पुष २०७९ १६:४६

श्रीमतीले सम्बन्धविच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् । श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा दायर गरेको दुई सातापछि उनीहरूको हत्या गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

साल्टलेक सिटी र लस भेगासबीचको दक्षिणी उटाहको सानो सहर एनोकमा यो घटना भएको जानकारी दिँदै प्रहरीले बिहीबार भएको पत्रकार सम्मेलनमा घरायी समस्याका कारण हत्या भएको बताउँदै घटनाको विस्तृत विवरण सार्वजनिक गरेन । यद्यपि नगरका प्रमुख जेफ्री चेस्नटले सम्बन्धविच्छेदको निवेदन नै हत्याको कारण हुनसक्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *