कांग्रेसले कसैलाई प्रधानमन्त्री बनाउने अफर गरेको छैन : महामन्त्री शर्मा

डिसी नेपाल
२२ पुष २०७९ १८:५१

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकार गठबन्धन भत्काउने प्रयासमा नरहेको स्पष्ट पारेको छ ।

शुक्रबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस वर्तमान सरकार गठबन्धन भत्काउने प्रयासमा नरहेको र कसैलाई प्रधानमन्त्री बनाउने अफर नगरेको बताएका हुन् ।

उनले कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको र नयाँ समिकरण बनाउने भन्ने हल्लामा सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरे । उनले कांग्रेसले अव जिम्मेवार र सालिन ढंगले आवश्यक भूमिका निर्वाह गर्ने स्पष्ट पारे । बैठकमा शनिबार बस्ने संसदीय दलको बैठक र केहि दिनपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकको बिषयमा छलफल भएको उनले जानकारी दिए ।

यसअघि भएका कमीकमजोरीलाई सच्चाएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेका उनको भनाइ छ । उनले पार्टीभित्र सम्हालेर, एकभएर र आत्मआलोचना गरेर अघि बढ्ने जिकिर गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *