भारतको मध्य प्रदेशमा उडिरहेको विमान मन्दिरसँग ठोक्कियो

डिसी नेपाल
२३ पुष २०७९ १०:००

काठमाडौं । भारतको मध्य प्रदेशको रेवामा भएको विमान दुर्घटनामा पाइलटको मृत्यु भएको छ भने अर्का पाइलट घाइते भएका छन् ।

समाचार एजेन्सी एएनआईले रेवा प्रहरीलाई उद्धृत गर्दै घटना शुक्रबार बिहान भएको जनाएको छ। यो विमान मन्दिरमा गएर ठोक्किएको हो ।

रेवाका एसपी नवनीत भासिनले दुर्घटना भएको विमान निजी कम्पनीको रहेको र यो तालिमको विमान भएको बताए ।

चोरहाटा विमानस्थलबाट उडेको विमान रेवाको डुमरी गाउँमा रहेको मन्दिरको माथिल्लो भागमा ठोक्किएको थियो ।

घाइते पाइलटको सञ्जय गान्धी मेडिकल कलेजमा उपचार भइरहेको एसपी नवनीत भासिनले बताए ।

खराब मौसम र कुहिरोका कारण दुर्घटना भएको अनुमान गरिएको छ । विस्तृत जानकारीको प्रतीक्षा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *