भारतले ‘द रेजिस्टेन्स फ्रन्ट’ लाई चरमपन्थी संगठन घोषणा गर्‍यो, लश्कर-ए-तैयबासँग छ सम्बन्ध

डिसी नेपाल
२३ पुष २०७९ १०:१८

काठमाडौं । भारतीय गृह मन्त्रालयले बिहीबार ‘द रेजिस्टेन्स फ्रन्ट’ लाई अतिवादी संगठन घोषणा गरेको छ । यो संगठनलाई चरमपन्थी संगठन लश्कर-ए-तैयबाको छद्म नाम भनिएको छ।

मन्त्रालयको सूचनाअनुसार ‘द रेजिस्टेन्स फ्रन्ट’ ले अनलाइन माध्यमबाट युवालाई चरमपन्थी गतिविधिका लागि भर्ना गरिरहेको छ ।

यससँगै यो संगठन पाकिस्तानबाट जम्मु–कश्मीरमा चरमपन्थीको घुसपैठ, हतियार र लागूपदार्थको तस्करीमा पनि संलग्न रहेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार ‘द रेजिस्टेन्स फोर्स’ २०१९ मा गठन गरिएको थियो, जुन प्रतिबन्धित अतिवादी संगठन लश्कर-ए-तैयबाको छद्म नाम हो।

२६/११ को मुम्बई हमला सहित कैयौं चरमपन्थी हमलाहरूमा लश्कर-ए-तैयबा संलग्न रहेको पाइएको छ।

‘द रेजिस्टेन्स फोर्स’माथि जम्मू–कश्मीरका जनतालाई संगठनमा सामेल गराउन सामाजिक सञ्जालमा मनोवैज्ञानिक अभियान चलाएको आरोप छ।

गृह मन्त्रालयले शेख सज्जाद गुल यस संगठनको कमाण्डर रहेको र यूएपीए कानून अन्तर्गत आतंकवादी घोषित भएको बताएको छ।

सरकारले जम्मु कश्मीरका मोहम्मद अमिनलाई पनि आतंकवादी घोषणा गरेको छ । हाल पाकिस्तानमा बस्दै आएका अमीनलाई लश्कर-ए-तैयबाको प्रक्षेपण कमाण्डर मानिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *