विमानमा वृद्धामाथि पिसाब गरिदिने व्यक्ति जागिरबाट बर्खास्त

डिसी नेपाल
२३ पुष २०७९ १०:२४
84
Shares

काठमाडौं । एयर इन्डियाको फ्लाइटमा एक वृद्ध महिलामाथि पिसाब गरेको आरोप लागेका व्यक्तिलाई उनको रोजगारदाताले कारबाही गरेको छ । कम्पनीले उनलाई बर्खास्त गरेको जानकारी दिएको छ ।

अमेरिकी वित्तीय सेवा कम्पनी ‘वेल्स फार्गो’ले शुक्रबार शंकर मिश्रलाई बर्खास्त गरेको बताएको छ । वेल्स फार्गोले एक विज्ञप्तिमा भनेको छ, “व्यक्तिलाई वर्खास्त गरिएको छ।”

समाचार एजेन्सी पीटीआईका अनुसार कम्पनीले भन्यो, “(उनी विरुद्धको) आरोपहरू चिन्ताजनक छन्।” कम्पनीले अनुसन्धान एजेन्सीसँग सहकार्य गरिरहेको जनाएको छ ।

यसअघि मिश्रले घटनाप्रति माफी मागेका थिए र महिलालाई उजुरी नगर्न आग्रह गरेका थिए। यस घटनाबाट श्रीमती र छोराछोरी प्रभावित होउन् भन्ने आफूले नचाहेको मिश्रले बताए ।

एयर इन्डियामा गुनासो आएपछि दिल्ली प्रहरीले बुधबार यस मामिलामा एफआईआर पनि दर्ता गरेको थियो। नोभेम्बर २६ मा न्युयोर्कबाट दिल्लीका लागि एयर इन्डियाको विमानमा मिश्राले एक वृद्ध महिलालाई पिसाब गरेको आरोप लागेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *