‘घृणाको भूमिमा राम मन्दिर बनाइँदैछ’

डिसी नेपाल
२३ पुष २०७९ ११:२३

काठमाडौं । राष्ट्रिय जनता दलका बिहार प्रदेश अध्यक्ष जगदानन्द सिंहले शुक्रबार ‘राम मन्दिर घृणाको भूमिमा निर्माण भइरहेको’ बताएका छन् ।

उनका अनुसार ‘अब भारतमा मानवताभन्दा ठूला कट्टरपन्थीको राम बच्नेछन् ।’ उनले भने, ‘भारतको हरेक भागमा भारतको राम रहनेछचन्, आरएसएसका राम जहाँसुकै बसुन् ।’

उनका अनुसार ‘अयोध्याको मन्दिरमा शब्री, तुलसीका राम छैनन्, ढुङ्गाभित्र कैद भएका राम हुनेछन् । त्यो राम जनताको, गरिबको, झुपडीमा बस्नेको राम हुँदैन।’

उनले भने “भारतको भूमि मानिएको थियो। राम मय, कृष्ण मय, अब सबै सकियो।

जगदानन्द सिंहको यो बयान केन्द्रीय गृहमन्त्री अमित शाहले बिहीबार त्रिपुरामा दिएको बयानपछि आएको हो। राहुल गान्धीलाई निशाना बनाउँदै शाहले जनवरी १, २०२४ सम्ममा अयोध्यामा राम मन्दिर बन्ने बताएका थिए ।

जगदानन्द सिंहले भने, ‘भारतका जनता शताब्दीयौंदेखि रामायणमा बसिरहेका छन् । बिहानदेखि बेलुकासम्म पढ्छन् । अब भारत रामको छैन, रामको मन्दिर भारतमा अवश्य रहनेछ। राम ढुङ्गाको बीचमा रहनेछन्। मनको बिचमा कसरी रहिरहन्छन् मैले बुझिन ।’

उनका अनुसार ‘राम प्रत्येक कणमा रहन्थे, अहिले सिमित भएर पर्खालमा गए । यो राम कस्को हो, यो राम संग कसको सम्बन्ध छ ?’

उनले भने कि उनको पार्टी आरजेडी ‘हे राम’ मा विश्वास गर्छ, ‘श्री राम’ मा होइन।

जगदानन्द सिंहले भने, ‘राम हाम्रो हृदयमा छन्, ढुङ्गा र मन्दिरमा होइन । श्रीराम न अयोध्यामा छन् न लंकामा, बरु शब्रीको कुटीमा बस्छन्। उनी अहिले पनि त्यहाँ उपस्थित छन् । अहिले ‘श्रीराम’लाई जनताले मनबाट निकालेर मन्दिरमा बसाइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *