खराब मौसमका कारण दिल्लीबाट हुने उडानहरू प्रभावित

डिसी नेपाल
२३ पुष २०७९ १२:०६

नयाँ दिल्ली । इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल दिल्लीबाट हुने करिब ३४ आन्तरिक उडानहरू खराब मौसमका कारण प्रभावित भएका छन्।

शीतलहर र बाक्लो कुहिरोले भारतका विभिन्न ठाउँमा उडानहरू प्रभावित भएका छन् जसकाकारण उडानमा विलम्ब भएको छ।

केन्द्रीय राजधानी सहित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको उडान सञ्चालनमा अवरोध भएको छ जसमा विभिन्न गन्तव्यबाट विमानस्थलमा १२ भन्दा बढी आगमन उडानहरू पनि ढिलो भएका छन्। इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल मौसमको सचेतना बारे सार्वजिनक सूचना जारी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *