१५औं चरणको मतदानपछि अमेरिकाको सभामुखमा केभिन म्याकार्थी निर्वाचित

डिसी नेपाल
२३ पुष २०७९ १२:१५

काठमाडौं । अमेरिकाको रिपब्लिकन पार्टीका केभिन म्याकार्थी शनिबार १५ औं चरणको मतदानपछि प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन् ।

यससँगै प्रतिनिधिसभामा विगत केही दिनदेखि जारी राजनीतिक गतिरोध अन्त्य भएको विश्वास गरिएको छ ।

५७ वर्षीय केभिन म्याकार्थीले प्रतिनिधि सभामा डेमोक्र्याटिक पार्टीकी ८२ वर्षीया न्यान्सी पेलोसीको ठाउँमा उम्मेदवारी दिएका थिए ।

नोभेम्बर ८ मा भएको मध्यावधि निर्वाचनपछि ४ सय ३५ सदस्यीय प्रतिनिधिसभामा रिपब्लिकन पार्टीका सदस्य संख्या २२२ पुगेको थियो ।

योसँगै प्रतिनिधिसभामा रिपब्लिकन पार्टीको बहुमत पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *