इरानमा सरकार विरोधी प्रदर्शन : सुरक्षाकर्मीको हत्या गरेको आरोपमा दुई जनालाई फाँसी
काठमाडौं । इरानमा महसा अमिनी नामकी महिलाको हिरासतमा मृत्यु भएपछि सुरु भएको राष्ट्रव्यापी विरोधको मुद्दामा दुई जनालाई फाँसी दिइएको छ । उनीहरूमाथि आन्दोलनका क्रममा सुरक्षाकर्मीको हत्या गरेको आरोप लागेको थियो ।
इरानको न्याय विभागका अधिकारीहरूले मृत्युदण्डको सजाय सुनाइएका दुई व्यक्तिको नाम मोहम्मद मेहदी करामी र सैयद मोहम्मद होसेनी रहेको बताएका छन्। मोहम्मद मेहदी करामीको उमेर २२ वर्ष र सैयद मोहम्मद हुसैनीको २० वर्ष रहेको बताइएको छ ।
तेहरान नजिकैको काराज सहरमा सरकार विरोधी प्रदर्शनका क्रममा बसिज मिलिशियाका एक सदस्यको हत्या गरेको अभियोगमा ती दुई जनालाई दोषी ठहर गरिएको थियो। मोहम्मद मेहदी करामीका वकिलले यस सजायको विरोधमा आफ्ना ग्राहकले अनशन बसेको बताएका छन् ।
डिसेम्बरमा, बसिज मिलिशियाका सदस्यहरूलाई आक्रमण गरेको आरोपमा दुई जनालाई फाँसी दिइएको थियो। दुवैको उमेर पनि २० वर्षको हाराहारीमा थियो ।







डिसी नेपाल







Facebook Comment