‘बाजवाले मेरो हत्या गरेर संकटकाल लगाउन चाहन्थे’, पूर्व सेना प्रमुखमाथि इमरान खानको आरोप

डिसी नेपाल
२३ पुष २०७९ १३:४१

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पूर्व सेना प्रमुख कमर बाजवामाथि ठूलो आरोप लगाएका छन् । एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा इमरानले बाजवाले आफूलाई मार्न चाहेको बताएका छन् ।

उनको हत्यापछि पाकिस्तानमा संकटकाल लगाउने योजना रहेको दाबी समेत गरिएको छ । इमरान खानले बाजवामाथि यस्तो आरोप लगाएको यो पहिलो पटक भने होइन । सत्ता गुमाएदेखि नै उनले यसका लागि पूर्व सेना प्रमुखलाई दोष दिन्छन् । बाजवा अमेरिकी षड्यन्त्रमा संलग्न रहेको समेत बताउँछन् ।

अब यसपटक बाजवामाथि इमरान खानले सबैभन्दा ठूलो राजनीतिक हमला गरेका छन् । कमर बाजवाले आफूलाई मार्न चाहेको बताएका छन् । उनले भने ‘मलाई मारेर देशमा संकटकाल लगाउनु उनको लक्ष्य थियो । मलाई उ।को विरुद्धमा केही नबोल्न भनिएको थियो, अब उनले अवकाश लिए, तर म केही लुकाउन सक्दिन। उनीहरूले गरेका अपराधहरू माफ गर्न सकिँदैन।’

यसअघि एक अन्तर्वार्तामा इमरान खानले पनि आफूले बाजवालाई आफ्नो कार्यकालमा एक्स्टेन्सन दिएको स्वीकार गरेका थिए जुन सबैभन्दा ठूलो गल्ती सावित भएको थियो । केही महिनाअघि इमरान खानलाई मार्ने प्रयास भएको थियो । उनको खुट्टामा तीनवटा गोली लागेको थियो । इमरान शाहबाजले सरकारविरुद्ध स्वतन्त्र मार्च निकाल्दै गर्दा गोली खाएका गरेका थिए।

उक्त हमलामा इमरान नराम्ररी घाइते भएका थिए, उनलाई तत्कालै अस्पताल भर्ना गरिएको थियो । उक्त हमलापछि इस्लामाबाद उच्च अदालतले इमरानको ज्यान खतरामा रहेको बताएको थियो । प्रधानन्यायाधीश आमिर फारुकले इमरानमाथि अर्को घातक हमला हुनसक्ने दाबी गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *