भारतले विश्वको सबैभन्दा द्रुत बृद्धि भइरहेको अर्थतन्त्रको हैसियत गुमाउन सक्ने

डिसी नेपाल
२३ पुष २०७९ १४:५०

काठमाडौं । कमजोर मागका कारण चालु आर्थिक वर्षमा भारतीय अर्थतन्त्रको वृद्धिदर झन्डै ७ प्रतिशतमा झर्नेछ । समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार यसका कारण भारतले विश्वको सबैभन्दा द्रुत बृद्धि भइरहेको ठूलो अर्थतन्त्रको हैसियत गुमाउने खतरा छ।

केन्द्रीय तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको पहिलो आधिकारिक अनुमानमा आर्थिक वर्ष २०२२-२३ मा देशको अर्थतन्त्र ७ प्रतिशतको दरले वृद्धि हुने बताइएको छ । गत आर्थिक वर्ष २०२१-२२ मा भारतको वृद्धि दर ८.७ प्रतिशत थियो।

आर्थिक वर्ष २०२२-२३ को वृद्धिदरको पछिल्लो अनुमान सरकारको अघिल्लो अनुमान (८ देखि ८ दशमलव ५ प्रतिशत बीच) भन्दा निकै कम हो । यद्यपि यो भारतीय रिजर्भ बैंकको अनुमानभन्दा अलि बढी हो ।

आरबीआईले यो अवधिमा भारतीय अर्थतन्त्र ६.८ प्रतिशतको दरले वृद्धि हुने प्रक्षेपण गरेको थियो । यदि भारतको वृद्धि दर पछिल्लो अनुमान अनुसार कायम रह्यो भने साउदी अरब विश्वको सबैभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र बन्नेछ।

चालू आर्थिक वर्षमा साउदी अरबको वृद्धिदर ७.६ प्रतिशत हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०२२-२३ को पहिलो दुई त्रैमासिकको सार्वजनिक नतिजामा १३ दशमलव ५ र ६ दशमलव ३ प्रतिशत वृद्धि भएको छ ।

यसरी भारतीय अर्थतन्त्र पहिलो छमाहीमा ९.९ प्रतिशतको गतिमा बढेको छ । त्यस्तै, साउदी अरबको पहिलो दुई त्रैमासिकमा १२.२ र ८.८ प्रतिशतको वृद्धिदर रहेको छ । यसरी हेर्दा यी ६ महिनामा साउदी अरबको अर्थतन्त्रको वृद्धिदर १०.५ प्रतिशत रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *