नाबालिगहरूले पनि नि:शुल्क कण्डम पाउने सरकारको निर्णय !

डिसी नेपाल
२३ पुष २०७९ १४:५१

काठमाडौं । फ्रान्स सरकारले युवा पुरुष र महिलाका लागि ठूलो घोषणा गरेको छ । सरकारले अब औषधि पसलमा नि:शुल्क कण्डम र गर्भनिरोधक उपलब्ध गराउने जनाएको छ । तर, यो नि:शुल्क सेवा २६ वर्ष उमेर नपुगेका व्यक्तिलाई मात्रै उपलब्ध हुनेछ ।

यसमा नाबालिगहरु पनि पर्छन् । राष्ट्रपति इमानुएल म्याक्रोनले यसलाई गर्भनिरोधक स्वास्थ्यको क्षेत्रमा ‘सानो क्रान्ति’ भनेका छन् । यससँगै फ्रान्सको म्याक्रोन सरकारले महिलालाई निशुल्क आपतकालीन गर्भनिरोधक चक्की पनि उपलब्ध गराउने भएको छ ।

फ्रान्सले देशका युवाहरूमा यौन रोगको फैलावट रोक्न नयाँ स्वास्थ्य रणनीति बनाएको छ। सरकारको यो अनौठो सुविधा नयाँ वर्षको पहिलो दिनदेखि लागू भएको हो । यो डिसेम्बरमा राष्ट्रपति म्याक्रोनको सरकारले घोषणा गरेको थियो।

सीएनएनको रिपोर्टका अनुसार यसअघि यो नियममा १८ देखि २५ वर्षका युवालाई सुविधा दिने कुरा भएपनि अब नाबालिगलाई पनि यसमा समावेश गरिएको छ । फ्रान्सेली सरकारका प्रवक्ता ओलिभर भेरानले सबै महिलाले नि:शुल्क गर्भनिरोधक औषधि पाउने बताएका छन् ।

यससँगै जनवरी १ देखि महिलाले चिकित्सकको सल्लाहबिना नै गर्भनिरोधक औषधि खान पाउँछन् । महिलाले पनि यो सेवाको फाइदा लिन थालेका छन् । यसमा डाक्टर वा सुँडेनीहरूसँगको परामर्श र उनीहरूले तोकेका गर्भनिरोधक चिकित्सा विधिहरू समावेश छन्।

यो कदम यस्तो समयमा लिइएको हो जब स्वास्थ्य अधिकारीहरुले सन् २०२० र २०२१ को बीचमा फ्रान्समा एसटीडी अर्थात् यौन संचारित रोगहरु ३० प्रतिशतले बढेको अनुमान गरेका छन् ।

म्याक्रोनले डिसेम्बरमा भनेका थिए कि ‘यी कदमहरू स्वास्थ्य क्षेत्रमा सानो क्रान्ति हो। यो धेरै महत्त्वपूर्ण छ कि हाम्रा युवाहरूले शारीरिक सम्बन्ध राख्दा आफ्नो रक्षा गर्न सकून्। यसअघि पनि यसमा नाबालिगलाई समावेश नगरेकोमा निकै आलोचना भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *