चीनमा व्यापारी ज्याक माबाट एन्ट समूहको नियन्त्रण खोसियो
काठमाडौं । चीनमा वित्तीय सेवा प्रदान गर्ने एन्ट ग्रुपले आफ्ना संस्थापक ज्याक मासँग अब कम्पनीको नियन्त्रण नरहेको बताएको छ । कम्पनीको शेयर होल्डिङ ढाँचामा आएको परिवर्तनका कारण यस्तो भएको ‘एन्ट ग्रुप’ले जनाएको छ ।
चर्चित चिनियाँ व्यापारी ज्याक मा यसअघि ‘एन्ट ग्रुप’को ५० प्रतिशत सेयर नियन्त्रण गर्थे । समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार कम्पनीमा ज्याक माको सेयर अब ६ प्रतिशतमा झरेको छ ।
सन् २०२० मा ज्याक माले बैंक र नियामक निकायको आलोचना गरेका थिए । त्यसबेलादेखि चिनियाँ सरकार ज्याक मासँग रिसाएको विश्वास गरिएको थियो।
ज्याक मा महिनौंसम्म सार्वजनिक रूपमा देखा परेनन् र आफ्नो अधिकांश समय चीन बाहिर बिताए जब एन्ट ग्रुप र अली बाबा जस्ता टेक कम्पनीहरू विरुद्ध कदम चालिएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment