हुस्सुका कारण चीनमा सवारी दुर्घटना, १७ जनाको मृत्यु

डिसी नेपाल
२४ पुष २०७९ ११:१७
72
Shares

बेइजिङ।पूर्वी चीनको जियाङ्सी प्रान्तमा आइतबार भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। ‘दुर्घटनामा १७ जनाको मृत्यु भएको छ र २२  जना घाइते भएका छन्, घाइतेहरूलाई अस्पताल पठाइएको छ’, सरकारी सञ्चार माध्यम सीसीटीभीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

ठूलो सडक ट्राफिक दुर्घटना बिहान १ बजे नान्चाङ काउन्टीमा भएको थियो। दुर्घटनाको कारणको गहिरो अनुसन्धान भइरहेको जनाइएको छ।

दुर्घटनाको  करिब एक घण्टा पछि, नानचाङ काउन्टी ट्राफिक प्रहरीले यस क्षेत्रमा ‘कुहिरो मौसम’ अनुभव गरिरहेको भन्दै चालकहरूलाई ट्राभल सुझाव जारी गर्‍यो। ‘ड्राइभिङ भिजिबिलिटी कम छ। यसले सजिलै ट्राफिक दुर्घटना निम्त्याउन सक्छ’  सुझावमा भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *