पाकिस्तानको फेरि आईएमएफलाई सहयोगको अपिल, प्रधानमन्त्रीले भने- सबै शर्त पूरा गर्छौं
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आफ्नो सरकार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आफ्नो देशका लागि तोकेका शर्तहरू पूरा गर्न कटिबद्ध रहेको बताएका छन्, ताकि छिट्टै आपतकालीन ऋण जारी गर्न सकियोस्।
आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभासँग टेलिफोन वार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले बाढीपछि पाकिस्तान ठूलो आर्थिक संकटको सामना गरिरहेको बताए।
उनले पाकिस्तानको केन्द्रीय बैंकको सञ्चिति ६ अर्ब डलरभन्दा कम रहेको भन्दै एक महिनाको आयात तिर्न समेत नपुग्ने बताए ।
आईएमएफले गत वर्ष पाकिस्तानलाई एक अर्ब डलर ऋण दिने सहमति गरेको थियो तर त्यसका लागि आईएमएफले केही शर्त राखेको थियो । जसमा पाकिस्तान सरकारको खर्च कटौती पनि समावेश थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment