किन हजारौं मानिस इजरायलमा प्रधानमन्त्री नेतन्याहु विरुद्ध सडकमा उत्रिए ?
काठमाडौं । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको नयाँ सरकारविरुद्ध शनिबार हजारौं मानिसले विरोध प्रदर्शन गरेका छन् । समाचार एजेन्सी एएफपीका अनुसार नयाँ सरकारलाई अहिलेसम्मकै सबैभन्दा दक्षिणपन्थी सरकार भनिएको छ।
राजधानी तेल अवीभमा भएका प्रदर्शनहरूमा प्रदर्शनकारीहरूले “लोकतन्त्र खतरामा छ” र “फासीवाद र रंगभेदविरुद्ध एकता” भन्ने नारा लगाएका थिए।
केही मानिसले समलिङ्गीताको पहिचान बनेको इजरायलको झण्डा र इन्द्रेणी झण्डा बोकेका थिए । कतिपयको हातमा ‘अपराधमन्त्री’ लेखिएको ब्यानर थियो । पछिल्ला केही वर्षहरूमा नेतन्याहूको विरोधमा यो नारा प्रयोग भइरहेको छ।
नेतन्याहुले नोभेम्बर १ को चुनावपछि गत महिना पदभार ग्रहण गरेका थिए। उनको गठबन्धन सरकारमा अति दक्षिणपन्थी र अति-अर्थोडक्स यहूदी पार्टीहरू पनि सामेल छन्। यी दलका केही पदाधिकारीलाई प्रमुख मन्त्रालय पनि दिइएको छ ।
यी मध्ये एक नेताले गत वर्षको अन्त्यमा कर छली गरेको स्वीकार गरेका थिए ।
त्यस्ता नेताहरू पनि समावेश छन्, जसमध्ये एकले आफ्नो घरमा प्रार्थना गरिरहेका प्यालेस्टिनीहरूलाई मार्ने व्यक्तिको तस्बिर राख्छन्। ७३ वर्षीय नेतान्याहुमाथि पनि भ्रष्टाचारको आरोप लागेको छ ।
नेतान्याहु इजरायलको इतिहासमा सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री बनेका छन्। उनले सन् १९९६–१९९९ र सन् २००९ देखि २०२१ सम्म देशको नेतृत्व गरेका छन् ।
नयाँ सरकारको नीतिबारे कुरा गर्दै सरकारले अतिक्रमित वेस्ट बैंकमा बस्ती विस्तार गर्ने नीति अवलम्बन गर्ने योजना सार्वजनिक गरेको छ ।
यसका साथै समलिङ्गी समुदायका सदस्य र समर्थकहरूलाई चिन्तामा पार्ने खालका सामाजिक सुधारमा पनि सरकारले काम गर्न सक्छ ।
यसबाहेक नवनियुक्त न्यायमन्त्रीले यसै साता घोषणा गरेका सुधार कार्यक्रम अनुसार संसदले पनि सर्वोच्चको फैसला उल्टाउन सक्नेछ ।







डिसी नेपाल







Facebook Comment