आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा बदली

डिसी नेपाल
२५ पुष २०७९ ६:२१
260
Shares

काठमाडौं। तराईमा हुस्सु र कुहिरो लागेको छ। मध्य तराईमा शीतलहर पनि चलिरहेको छ। पहाडी क्षेत्रमा बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसारपश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा खराबी आएको हो।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ।

मंगलबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *