भानुआटुको तटमा ७ म्याग्निच्युडको भूकम्प

डिसी नेपाल
२५ पुष २०७९ ७:३८
104
Shares

भानुआटु। प्यासिफिक टापु राष्ट्र भानुआटुको तटमा आइतवार अबेर राति ७.० म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पपछि डराएका गाउँले सुनामीको डरले अग्लो ठाउँमा भागेका थिए । भूकम्पको केन्द्रबिन्दु राजधानी पोर्ट भिलाबाट करिब ४०० किलोमिटर उत्तरमा रहेको टापु एस्पिरिटु सान्तोको समुद्रमा थियो।

भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ। भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ। एस्पिरिटु सान्तोको होग हार्बर गाउँका २२ वर्षीय विद्यार्थी केसन पोरेले पृथ्वी हल्लिएपछि केही साथीहरूसँग समुद्र तटमा गंगटा खोजिरहेको बताए। भानुआटुको तटमा केही महिनाअघि पनि शक्तिशाली भूकम्प गएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *