ब्राजिलको संसद र सर्वोच्च अदालतमा पूर्व राष्ट्रपतिका समर्थकद्वारा तोडफोड

डिसी नेपाल
२५ पुष २०७९ ८:०२
44
Shares

एजेन्सी। ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारुका समर्थकहरुले संसद भवन र सर्वोच्च अदालत तोडफोड गरेका छन्। राजधानी ब्रासिलियामा रहेको नेसनल कँग्रेस भनिने संसद भवन र सर्वोच्च अदालतमा तोडफोड भएको जनाइएको छ।

उग्र रुपमा प्रस्तुत भएका प्रदर्शनकारीले देशको राष्ट्रिय झण्डा झिक्न खोजेपछि प्रहरीले उनीहरु माथि अश्रुग्यास प्रहार गरेको छ। गत अक्टोबरमा भएको राष्ट्रपति निर्वाचनमा हार व्यहोरेका बोल्सोनारुका समर्थकहरुले निर्वाचन परीणामलाई अस्वीकार गर्दै शासन संचालनमा सैन्य हस्तक्षेपको माग गरेका छन्।

अक्टोबरको निर्वाचनमा ब्राजिलको राष्ट्रपतिमा बामपन्थी धारका नेता लुइज इनासियो लुला डा सिल्फा निर्वाचित भएका थिए। प्रदर्शनकारीहरुले राष्ट्रपति लुलाको राजिनामा माग गरेका छन्।

अमेरिकामा रहनु भएका पूर्व राष्ट्रपति बोल्सोनारुले समर्थकहरुलाई उक्साएको आरोप छ। राष्ट्रपति लुला साओ पावलो राज्यको औपचारिक भ्रमणमा रहेका बेला राजधानीमा प्रदर्शनकारीहरुले तोडफोड गरेका हुन् । तोडफोडमा संलग्नलाई कारवाही गरिने राष्ट्रपति लुलाको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *