दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु

डिसी नेपाल
२५ पुष २०७९ ९:३४
632
Shares

एजेन्सी। सेनेगलको मध्य काफ्रीन क्षेत्रको एक सडकमा दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। राष्ट्रपति म्याकी सालले आइतबार उक्त जानकारी दिएका हुन्।

दुर्घटनापछि रगतले लतपतिएका सिट, व्यक्तिगत सामानहरू र  जुत्ता तथा चप्पल यत्रतत्र छरिएका बताइएको छ।  सेनेगलमा सडक दुर्घटनाहरू सामान्य छन। मुख्यतया चालकको त्रुटि, खराब सडक र जीर्ण सवारी साधनहरूको कारणले बारम्बार दुर्घटना हुने गरेका विज्ञहरू बताउँछन्। तर पछिल्लो एउटै घटनामा धेरै मानिसको ज्यान गुमेको छ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने प्राप्त विवरणहरुमा जनाइएको छ। दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *