क्यालिफोर्नियामा लगातारको आँधीका कारण बाढीको स्थिति, एक जनाको मृत्यु

डिसी नेपाल
२५ पुष २०७९ १३:१५
20
Shares

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा भारी वर्षा, हिमपात र तेज हावाका कारण जनजीवन प्रभावित भएको छ । क्यालिफोर्नियाका लाखौं घरहरूमा बिजुली अवरुद्ध भएको छ र मानिसहरूले धेरै समस्याको सामना गरिरहेका छन्।

मौसम विज्ञान विभागका वैज्ञानिकहरूले यसलाई ‘निरन्तर आँधी’ भनेका छन् ।

राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले अर्को ठूलो आँधी आउने चेतावनी दिएको छ । आँधीको सबैभन्दा बढी प्रभाव प्रान्तको उत्तरी भाग र सान फ्रान्सिस्को खाडी क्षेत्रमा परेको छ भने दक्षिणी क्षेत्रमा पनि यस्तै अवस्था रहेको छ ।

राज्यको राजधानी साक्रामेन्टोमा एक महिलाको मृत्यु भएको छ र पहिरोको डरले सान फ्रान्सिस्कोबाट एक व्यक्तिलाई बाहिर निकालिएको छ।

डिसेम्बरदेखि यहाँ आउन थालेको श्रृङ्खलाबद्ध हावाहुरीका कारण यी क्षेत्रमा ठूलो बाढी आउने सम्भावना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *