साउदी अरेबियामाथि लागेको सामग्री नियन्त्रणको आरोपबारे विकिपिडियाले के भन्यो ?
काठमाडौं । विकिपिडियाको मूल कम्पनी विकिमीडियाले मध्य पूर्वका देशहरूमा आफ्नो टोलीहरूमाथि साउदी अरब सरकारले हस्तक्षेप गरेको दाबीलाई अस्वीकार गरेको छ।
दुई अन्तर्राष्ट्रिय मानव अधिकार समूहहरूले भर्खरै साउदी अरब सरकारले विकिपिडिया सामग्री नियन्त्रण गर्न खोजेको आरोप लगाए।
यी दावीहरू मध्य पूर्वमा सामग्री सम्पादन र १६ प्रयोगकर्ताहरूको निलम्बनमा विकिमीडियाको आन्तरिक अनुसन्धान पछि गरिएको थियो।
विकिमीडियाले “गलत सूचना” प्रकाशित भएको तर साउदी अरबको हस्तक्षेपको कुनै प्रमाण फेला नपरेको बताएको छ। विकिपिडिया सामग्री सम्पादन गर्न स्वयंसेवक टोली र सम्पादकहरूमा निर्भर हुन्छ।
‘स्मेक्स एन्ड डेमोक्रेसी अफ द अरब वर्ल्ड नाउ (डन)’ ले साउदी सरकारले ‘देशसँग सम्बन्धित सूचनाहरू नियन्त्रण गर्न’ आफ्ना एजेन्टहरू मार्फत विकिपिडिया सामग्री परिवर्तन वा मेटाएको’ आरोप लगाएको छ।
स्मेक्स लेबनानी संगठन हो, जबकि डन साउदी पत्रकार जमाल खशोग्गी द्वारा स्थापित एक संयुक्त राज्य अमेरिका स्थित संगठन हो। जमाल खशोग्गीको सन् २०१८ मा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासभित्र हत्या भएको थियो ।
यी संगठनहरूले यो पनि आरोप लगाए कि सेप्टेम्बर २०२० मा दुई शीर्ष साउदी अधिकारीहरूलाई ‘सार्वजनिक नैतिकताको उल्लंघन’ गरेको आरोपमा पक्राउ गरियो र पाँचदेखि आठ वर्षको जेल सजाय सुनाइएको थियो।
गत वर्ष, विकिमीडियाले विश्वभरका १६ प्रयोगकर्ताहरूलाई निलम्बन गरेको घोषणा गर्यो। यस विषयमा साउदी अधिकारीबाट कुनै प्रतिक्रिया आएको छैन।







डिसी नेपाल







Facebook Comment