बम राखिएको भनिएको रूसबाट भारत आएको विमानमा कुनै शंकास्पद वस्तु भेटिएन
काठमाडौं । बम भएको खबर पाएलगत्तै जामनगरमा अवतरण गरेको मस्कोबाट गोवा आउँदै गरेको विमानमा कुनै बम वा शंकास्पद वस्तु फेला परेको छैन ।
जामनगरमा आपतकालीन अवतरणपछि एनएसजीका दुई टोलीले विमानको जाँच गरिरहेका थिए । अब एनएसजीको टोलीले एयरपोर्टमा यात्रुहरूको सामान जाँच गर्नेछ।
जामनगरबाट बिहान १० बजे उडान हुने विमानस्थल प्राधिकरणले जनाएको छ ।
सोमबार राति करिब १० बजे बमको धम्की आएको सन्देश आएपछि जामनगर विमानस्थलमा आकस्मिक अवतरण गर्नुपरेको थियो ।
विमानमा २३६ यात्रु र ८ जना चालक दलका सदस्य थिए, जसलाई राति सकुशल बाहिर निकालिएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment