अमेरिकी किसानहरूले जोन डियर ट्र्याक्टर विरुद्धको लडाइँ जिते

डिसी नेपाल
२६ पुष २०७९ ११:००
60
Shares

काठमाडौं । ट्रयाक्टर निर्माता कम्पनी जोन डियरले अमेरिकामा रहेका आफ्ना ग्राहकलाई गाडी आफै मर्मत गर्ने अधिकार दिएको छ । यसअघि कृषकले ट्र्याक्टर फेल भएमा कम्पनीको स्पेयर पार्ट्स वा सेवा लिन पाउने भए पनि नयाँ परिवर्तन आएपछि किसानले सस्तोमा मर्मत गर्न सक्नेछन् ।

डियर एण्ड कम्पनी विश्वको सबैभन्दा ठूलो कृषि उपकरण उत्पादक मध्ये एक हो। अमेरिकी फार्म ब्यूरो फेडेरेसन (एएफबीएफ) र डियर एण्ड कम्पनीबीच आइतबार यस विषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कृषकहरूले मर्मतको अधिकार अभियानको एक महत्त्वपूर्ण भाग भनेका छन्।

यस अभियान मार्फत ग्राहकले आफ्नो उपकरण आफै मर्मत गर्न वा आफ्नो मनपर्ने कुनै पसलबाट गराउने गरी उत्पादन गर्ने कम्पनीलाई दबाब दिने प्रयास गरिएको थियो ।

यसै सन्दर्भमा सन् २०२२ मा एप्पलले ‘सेल्फ सर्भिस रिपेयर स्किम’ लन्च गर्‍यो, जसमार्फत यसले आफ्ना ग्राहकहरूलाई आइफोनमा ब्याट्री, स्क्रिन र क्यामेरा परिवर्तन गर्न अनुमति दिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *