इजरायलको नयाँ सरकारले सार्वजनिक स्थानबाट प्यालेस्टिनी झण्डा हटाउन आदेश दियो

डिसी नेपाल
२६ पुष २०७९ ११:४४
28
Shares

काठमाडौं । इजरायलको नयाँ अति दक्षिणपन्थी सरकारका राष्ट्रिय सुरक्षा मन्त्रीले पुलिसलाई सबै सार्वजनिक स्थानहरूबाट प्यालेस्टिनी झण्डा हटाउन आदेश दिएका छन्।

इजरायली मन्त्री इटामार बेन-गिभिरले प्यालेस्टिनी झण्डा देखाउनु भनेको ‘आतंकवाद’ लाई समर्थन गर्नु बराबर भएको बताएका छन् ।

गत हप्ता लामो समयदेखि जेलमा रहेका प्यालेस्टिनी कैदीलाई रिहा गरेपछि उत्तरी इजरायलमा रहेको उनको गाउँ रातो, हरियो र कालो ब्यानरले सजाइएको थियो । यसैको जवाफमा इजरायली मन्त्रीले यस्तो आदेश दिएको विश्वास गरिएको छ ।

हालको इजरायली कानूनले सुरक्षा अधिकारीहरूलाई झण्डा हटाउन अनुमति दिन्छ जहाँ कानून र व्यवस्थाको अवस्थाको जोखिम हुन्छ।

बेन गिभिरको आदेशलाई प्यालेस्टाइनसँग बढ्दो विवादको अर्को कारणको रूपमा हेरिएको छ। बेन्जामिन नेतन्याहु सरकारलाई इजरायलको इतिहासमा सबैभन्दा कट्टरपन्थी सरकारहरूमध्ये गनिन्छ।

बेन गिभिरले हालै जेरुसेलमको अल-अक्सा मस्जिदको पनि भ्रमण गरे, जसमा साउदी अरेबिया, युएईलगायत धेरै मुस्लिम देशहरूले आपत्ति जनाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *